Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तरिक्षमा स्थायी स्टेशन बनाउँदै चीन, नयाँ यान प्रक्षेपण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १९ २०७८
  • 6K
    SHARES

काठमाडौँ । अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारी गरिरहेको चीनले उक्त स्टेशनको एक महत्वपूर्ण मोड्युल लञ्च गरेको छ ।

तियान्हे नामक उक्त मोड्यूलमा अन्तरिक्ष स्टेशनमा काम गर्ने सबै अन्तरिक्षयात्रीको बस्ने कक्ष बनाइ रहेको छ । वेनचांग स्पेस लञ्च सेन्टरबाट उक्त यानलाई लंगमार्च ५ बी रकेटमा राखेर प्रक्षेपण गरिएको हो ।

आफ्नो स्थायी स्पेस स्टेशन सन् २०२२ सम्म बनिसक्ने विश्वास चीनको छ ।

अन्तरिक्षमा अहिले पृथ्वीको कक्षमा एउटा मात्र स्पेस स्टेशन रहेको छ, जसको नाम इन्टरनेशनल स्पेश स्टेसन हो । त्यसमा चीनलाई सामेल गरिएको छैन ।

अन्तरिक्ष विज्ञानको क्षेत्रमा चीन ढिलो गरी प्रवेश गरेको हो । उसले पहिलोपटक सन् २००३ मा आफ्ना अन्तरिक्षयात्रीलाई पृथ्वीको कक्षमा पठाएको थियो । यद्यपि अन्तरिक्षमा मानिसलाई पठाउने मुलुकमा रुस र अमेरिका पछि चीन तेश्रो देश थियो ।

स्पेस स्टेशन के मॉड्यूल को लेकर रवाना होनेवाला लॉन्ग मार्च-5 बी वाई2 रॉकेट

अहिलेसम्म चीनले दुईवटा स्पेस सेन्टर तियाङगङ्ग १ र तियाङगंग २ पृथ्वीको कक्षमा प्रक्षेपण गरिसकेको छ । यद्यपि, ती दुवै ट्रायलको रुपमा पठाइएको स्पेस स्टेसन थिए, जुन पृथ्वीको कक्षमा थोरै समय मात्र रहन सके ।

नयाँ स्पेस स्टेशन तियान्हे चाँहि कम्तिमा १० वर्षसम्म पृथ्वीको कक्षमा रहेर कार्य गर्ने बताइएको छ ।

चीनले सन् २०२२ सम्ममा १० वटा यस्ता मोड्युल लञ्च गर्नेछ जसले ३४० देखि ४५० किलोमिटरको उचाइबाट पृथ्वीको परिक्रमा गर्नेछन् ।

हाल पृथ्वीको कक्षमा इन्टरनेशनल स्पेस स्टेसनले परिक्रमा गरिरहेको छ । उक्त स्टेसनमा अमेरिका, रुस, क्यानडा, युरोप र जापानको संलग्नता छ । उक्त स्टेसनमा सामेल हुनमा चीनमाथि रोक लगाइएको छ ।

हालको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनले आगामी सन् २०२४ देखि काम गर्न छाड्नेछ । त्यसबेला सायद चीनको तियान्हे नै एकमात्र कामकाजी स्पेस स्टेशनको रुपमा पृथ्वीको कक्षमा रहनेछ ।

चीनको अन्तरिक्ष योजना

उक्त मोड्युल प्रक्षेपण गर्नुभन्दा १ महिना अगाडि नै चीन र रुसले एक आपसमा सहकार्य गरी चन्द्रमाको सतहमा एक अन्तरिक्ष केन्द्र बनाउने घोषणा गरेका थिए ।

चीनको अन्तरिक्ष योजनाहरुका बारेमा जानकारी राख्ने चेन लेनले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार रुसको साथमा चीन जोडिनु र उक्त परियोजना आफैमा एक ठूलो कुरा हो । त्यो चीनका लागि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अन्तरिक्ष सहयोग परियोजना हुनेछ।

उसो त अन्तरिक्ष अनुसन्धानको अगुवा रुसलाई पछिल्ला वर्षहरुमा अमेरिका र चीनले पछि पारिरहेका छन् । अघिल्लो वर्ष स्पेस एक्सले अन्तरिक्ष यात्रीलाई सफलतापूर्वक अन्तरिक्षमा पठाएसँगै अन्तरिक्षयात्री प्रक्षेपणमा रुसी एकाधिकार पनि तोडियो ।

चीन

पछिल्ला वर्षहरुमा चीनले अन्तरिक्ष योजना सम्बन्धी आफ्ना महत्वाकांक्षाहरु सार्वजनिक रुपमै व्यक्त गरिरहेको छ । चीनले आफ्ना अन्तरिक्ष परियोजनाहरुमा निर्धक्क लगानी पनि गरिरहेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिंगले पनि अन्तरिक्षसँग सम्बन्धित गतिविधिहरुलाई पूर्णरुपमा समर्थन गर्ने गरेका छन् र चीनका सरकारी सञ्चार माध्यमहरु पनि स्पेस ड्रिम परियोजना देशलाई पूर्णरुपमा बदल्ने कदम भएको बताउँदै आएका छन् ।

बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४