बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री पोखरेलको सिफारिशमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्री रहेका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन् ।रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरु दुवै जनाले शपथ ग्रहण गरेका छन् ।