काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन लाग्नुभएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिने जानकारी गराउनुभएको स्रोतले बताएको छ। समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते सदनबाट विश्वासको मत लिन लाग्नुभएको हो ।
बालुवाटारमा बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ जानुभएको समाचार स्रोत बताउछ ।