Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पन्जावद्धारा बैंग्लोर ३४ रनले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १८ २०७८
  • 2.1K
    SHARES

एजेन्सी । इण्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति पन्जाव किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३४ रनले हराएको छ । अहमदावादमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको पन्जावले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

उसका लागि कप्तान के.एल राहुलले ९१ रन जोड्दा क्रिश गेलले ४६ रनको योगदान दिए । जवाफमा १ सय ८० रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनाउन सक्यो । बैंग्लोरका लागि विराट कोहलीले ३५ रन बनाए ।

बैंग्लोरलाई सस्तैमा समेट्न पन्जावका हरप्रित ब्रारले ३ विकेट लिए । हारसँगै बैंग्लोरले शिर्ष स्थानमा उक्लने अवसर खेल फालेको छ । ७ खेलबाट १० अंक जोडेको बैंग्लोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

समान खेलबाट १० अंक नैं जोडेको दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ भने शिर्ष स्थानको चेन्नाई सुपर किंग्सले ६ खेलबाट १० अंक जोडेको छ । आईपिएल क्रिकेटमा आज बेलुकी शिर्ष स्थानको चेन्नाईले चौथो स्थानको मुम्बई इण्डीयन्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४