Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निषेधाज्ञा लागेपछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १८ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा निषेधाज्ञा लागेपछि इन्टरनेट ब्यान्डविथको खपत सामान्य अवस्थाको भन्दा करिब ३० प्रतिशतसम्म वृद्धि भएको छ । धेरैै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीका अनुसार सामान्य अवस्थामा भन्दा २५ देखि ३० प्रतिशतले ब्यान्डविथको प्रयोग बढेको छ । उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लागेसँगै धेरैले समय बिताउन इन्टरनेटको साहारा लिइरहेका छन् ।

नेपालमा सामान्य अवस्थामा ८ सय देखि १००० जीबीपीएस ब्यान्डविथ खपत हुने अनुमान छ । अहिले १००० देखि १२५० जीबीपीएसम्म ब्यान्डविथ खपत भइरहेको अनुमान छ ।

‘अहिलेसम्मको अवस्था हेर्दा हामीलाई खपत बढेअनुसार माग धान्न गाह्रो पर्दैन,’ उनले भने,’ पिक समयमा केही अझै बढी माग आउन सक्छ ।’

सामान्य अवस्थामा बेलुकी ६ बजेदेखि १० बजेसम्म इन्टरनेटको प्रयोग बढी हुन्छ । तर, अहिले शहरहरुमा धेरैजसो मान्छे घरभित्रै भएकाले पिक आवरमा पनि माग दिउँसोको भन्दा खासै फरक नपर्ने अनुमान पनि पराजुलीको छ ।

२०७७ चैतमा लकडाउन भएपछि ५० प्रतिशतसम्म इन्टरनेट ब्यान्डविथको खपत बढेको थियो । विशेषगरी टिकटकले ब्यान्डविथ खपत बढाएपछि नेपालमै क्यास सर्भर राख्न लगाएर समस्या समाधान गरिएको थियो ।

‘यो वर्ष ब्यान्डविथ खपतको दर गतवर्षजस्तो उच्च दरमा बढ्ने देखिँदैन,’ अध्यक्ष पराजुलीले भने,’शहरहरुमा महामारीले असर गरेपनि गाउँहरुमा त्यस्तो छैन । त्यसैले ग्रामीण भेगमा इन्टरनेटको खपत सामान्य अवस्थामा नै छ ।’

लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या हृवात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०७६ चैतदेखि २०७७ माघसम्म मात्र ३५ लाख ६७ हजार इन्टरनेट प्रयोगकर्ता (सब्स्क्राइबर) थपिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

लकडाउनअघि २०७६ फागुनमा २ करोड १८ लाख ५२ हजार इन्टरनेट सस्क्राइबर रहेकामा अहिले २ करोड ५४ लाख १९ हजार पुगेका छन् ।

विभिन्न इन्टरनेट सेवा प्रदायकहरुका अनुसार यो अवधिमा ‘फाइबर टु दि होम’ (एफटीटीएच) प्रयोगकर्ता ह्वात्तै बढेका छन् ।

पछिल्लो वर्ष मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रविधि रोज्नेको संख्या बढी छ । महामारीकालमा भने मोइबाल प्रयोगकर्ता बराबरकै वृद्धिदरमा फाइबर इन्टरनेटले ग्राहक तानेको छ ।  महामारीमा ‘वर्क फर्म होम’ फस्टाउँदा इन्टरनेट ग्राहक थपिएको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४