Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के एकै पटक दुईवटा कण्डम लगाउन सकिन्छ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 4.5K
    SHARES

काठमाडौं । कण्डम ती जोडीको लागि बरदान नै हो जो सेक्सको मज्जाको साथै सुरक्षाको अनुभव पनि गर्न चाहन्छन्। यो पनि नबिर्सौ कि कण्डमले नचाहेको गर्भ रहन दिदैन साथै यौनरोगहरु बाट पनि बचाउँछ।तर कण्डम प्रयोग गर्न केही जानकारी भएको भने हुनु पर्छ।

कण्डम प्रयोग गर्न नजान्दा लाजमर्दो स्थिति पनि सृजित हुन सक्छ। राम्रो संग लगाउन नजान्दा यसको प्रभाव पनि भनेको जस्तो नहुन सक्छ, जसको कारण यसले गर्ने फाइदामा पनि कमी आउन सक्छ। मानिसहरुमा यसको प्रयोगको बारै दुवैखाले धारणा पाइने गर्दछ। कसैलाइ यसको प्रयोग पश्चात धेरै खुसी मिल्ने हुन्छ भने कसैलाइ व्यर्थको झन्झट लाग्ने हुन्छ। तर यसो भन्दैमा कण्डमको उपयोगिता तथा फाइदाहरुलाइ बिर्सन मिल्दैन।

यहाँ कण्डमसँग सम्बन्धित केहि कुरा उल्लेख गरिएको छ हेरौं ।
-कण्डम पुरुषहरुले प्रयोग गर्ने एक मात्र अस्थाई गर्भ निरोध साधन हो । यो प्रयोग गर्न सजिलो छ ।

सम्भोग गर्दा हरेक पटक सहि तरिकाले कण्डमको प्रयोग गरेमा मात्र यसले अनिच्छित गर्भधारण हुनबाट बचाउँछ ।

-कण्डमको उचित प्रयोग गर्नाले यौनरोग तथा एच.आई.भि एड्स सर्नबाट पनि बचाउँछ ।

-प्रयोग गरिसकेको कण्डमलाई माटो मुनि गाड्न वा जलाउनु पर्छ ।

-कण्डम मात्र त्यस्तो एक साधन हो, जसले यौन रोग एच.आई.भि बाट सुरक्षा प्रदान गर्छ ।

कण्डमले कसरी गर्भ रोक्छ ?
सहवासको बेलामा वीर्य निस्कदा कण्डममा जम्मा हुन्छ र महिलाको पाठेघरमा पुग्न दिंदैन र गर्भ रहन पनि दिंदैन

१.के कण्डम यौन सम्पर्कका बेला फुस्कीएर महिलाको योनी वा पाठेघरमा भित्र पस्छ ?
यौन सम्पर्क गर्दा कण्डम विरलै चिप्लिन्छन्, भन्ने विभिन्न अध्ययनहरुले देखाएको छ । सहि तरिकाले नलगाएको कारणबाट औषतमा २ प्रतिशत कण्डमहरु मात्र यौन सम्पर्क गर्दा फुट्छन् अथवा चिप्लिएर फुस्किन्छन् ।

२. कण्डम गर्भ रोक्नका लागि कतिको प्रभावकारी छ ?
कण्डम पुरुषको उत्तेजित लिङ्गमा लगाईने एक प्रकारको खोल हो । यसले शुक्रकीटलाई योनीमा पस्न नदिएर गर्भ रहनबाट बचाउँछ । यदि हरेक पटक यौन सम्पर्क गर्दा सहि तरीकाले कण्डम प्रयोग गरेमा गर्भ रोक्ने कुरामा यो ९८ प्रतिशत सम्म प्रभाबकारी छ ।

३. के कण्डमले यौन आनन्द घटाउँछ ?
कण्डमको प्रयोगले यौन आन्नद तथा पुरुषको यौन इच्छामा कुनै कमि आउँदैन ।

४. के कण्डमले उत्तेजित लिङ्गलाई कसेर राख्ने हँुदा वीर्य स्खलन चाडैँ हुन्छ ?
कण्डमले उत्तेजित लिङ्गलाई कसेर राख्ने हँुदा वीर्य स्खलन चाडैँ हुन्छ भन्ने धारण गलत हो ।

५.के एकै पटक दुइटा कण्डम लगाएर बढी सुरक्षित हुन्छ ?
एकै पटक दुइटा कण्डम लगाएर बढी सुरक्षित हुन्छ भन्ने धारण गलत हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४