Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय समितिको निर्देशन : अस्पतालमा आईसीयू र भेन्टिलेटर व्यवस्था गर्नू


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 2.6K
    SHARES

 काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई अस्पतालहरुमा अक्सिजन र भेन्टिलेटरसहितको आईसीयू व्यवस्था गर्न निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिरहेको उल्लेख गर्दै अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटरसहितको आईसीयूको अभावमा बिरामीको मृत्यु हुन सक्ने भन्दै सरकारलाई यस्तो निर्देशन दिएको हो ।

  • व्यवस्थित लकडाउन गर्न निर्देशन

समितिले व्यवस्थित लकडाउन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । ‘कोरोना संक्रमणलाई रोक्न चेन ब्रेक आवश्यक भएकाले व्यवस्थित लकडाउन गर्नुपर्ने’ निर्देशनमा उल्लेख छ ।

सरकारले काठमाडौं उपत्यकासहित धेरै संक्रमित भएको जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । तर, समितिले सरकारलाई लकडाउन नै गर्न सुझाव दिएको छ ।

‘लकडाउन गर्दा खानै समस्या हुने मजदुरहरुलाई राहत दिने हो कि, नियम बनाएर उनीहरुलाई निश्चित ठाउँसम्म हिंड्न दिने हो कि के गर्ने सो गरी व्यवस्थित लकडाउन गर्ने भन्ने निर्देश गरेका हौं,’ निर्देशनबारे थप प्रष्ट्याउँदै समिति सभापति जयपुरी घर्तीले भनिन् ।

नेपालगञ्ज, वीरगञ्ज, भैरहवालगायत भारतसँग सीमा जोडिएका शहरहरु र कोरोनाबाट बढी प्रभावित ठाउँहरुमा दक्ष स्वास्थ्यकर्मीहरु यथासक्य चाँडो पठाउन, कोभिडका बिरामी कुरुवालाई स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न, कोभिड बिरामीको उपचारमा खटिएका डाक्टर, नर्स लगायतका सबै स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।

छलफलमा सांसदहरुले जोखिम भत्ता नपाउँदा डाक्टर, नर्सको मनोबल गिरेको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए ।

अस्पतालहरुमा मास्क, स्यानिटाइजरको व्यवस्था गर्न, सरकारी र निजी अस्पतालमा कोभिड–१९ को उपचारमा लाग्ने दररेटसम्बन्धी नीति बनाई लागू गर्न पनि समितिले सरकारलाई भनेको छ ।

छलफलमा समिति सदस्य योगेश भट्टराईले सरकारी अस्पतालमा बेड नपाउने, निजीमा आम नागरिकले उपचार गराउन नसक्ने स्थिति रहेको भन्दै सरकारले सबैतिर उपचारमा समानता ल्याउन सक्नुपर्ने बताए ।

उनले सरकारलाई सबै निजी अस्पतालहरु निश्चित समयका लागि लिएर कोरोना उपचारमा प्रयोग गर्नसमेत सुझाव दिएका छन् । उनले जनशक्ति अपुग भए एक वर्षका लागि करारमा चिकित्सक लिन पनि सुझाव दिएका छन् ।

यस्तै समितिले सीमा नाकाबाट हुने आवातजावतमा कडाइ गर्न पनि भनेको छ ।

छलफलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का निर्देशक डा. कृष्ण पौडेलले सीमानाकाहरुमा हेल्थ डेस्क राखेर परीक्षण गर्ने गरिएको भए पनि पर्याप्त नभएको स्वीकार गरे ।

हाल परीक्षण गरिएकामध्ये ३० प्रतिशत बढीमा संक्रमण देखा परेको भन्दै उनले सीमा नाकाबाट आवतजावत गर्ने नागरिक आफैं सचेत हुनुपर्ने बताए ।

त्रिभुवन विमानस्थल, स्थलमार्गका १३ सीमा नाकामा हेल्थ डेस्क राखिएको भन्दै उनले नाकामा शंकास्पद देखिएकाहरुको पीसीआर परीक्षण गर्न सम्भव नभएको बताए ।

‘उच्च जोखिम भएका, ज्वरो भएकालाई गरिरहेका छौं । अहिलेसम्म १२/१३ हजारको टेष्ट भइरहेको छ । विस्तारै बढ्दै जान्छ । आउने साथीहरुले १० दिन होम क्वारेन्टिन, सामुदायिक क्वारेन्टिनमा बसिदिनुभयो भने नियन्त्रण थप प्रभावकारी हुन्थ्यो,’ उनले भने ।

सीमा नाकामा हेल्थ डेस्क बनाउन सरकारले सम्बन्धित पालिकामा रकम पठाइसकेको उनले बताए । ‘सबै पालिकामा बजेट पुगेको छ । एउटामा ८८ लाख पुगेको छ । ५० लाख भवन, २७ लाख जनशक्ति, १० लाख फर्निसिङ, एक लाख व्यवस्थापन तथा भैपरी आउने खर्चका लागि,’ पौडेलले भने, ‘भवनहरु कतै बन्दैछन्, कतै बनिसकेको छ ।’ भवन नभएको ठाउँमा टेण्टबाट हेल्थ डेस्क सञ्चालन भइरहेको उनले बताए ।

छलफलमा सहभागी अधिकांश सांसदले खुला सीमा नियमन नभएसम्म कोरोनाको जोखिम कम नहुने भन्दै सरकारले निश्चित नाका तोकेर अन्यमा आवतजावत पूर्णरुपमा बन्द गर्नुपर्ने बताए ।

  • एक जनाबाट दुईभन्दा बढीमा संक्रमण

ईडीसीडीका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा हाल देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सर्ने दर पहिलेको भन्दा बढी रहेको बताए ।

‘हामी एक संक्रमितबाट अर्को व्यक्तिमा जाने संख्या अहिले सबैभन्दा उच्चमा छौं । भारतले यसलाई डेढ (जनामा)मा सीमित गर्न सक्यो । बंगलादेशले लकडाउन गरेर एकभन्दा तल लग्यो । एउटा व्यक्ति संक्रमितबाट हाम्रोमा दुईभन्दा बढीलाई सरिरहेको छ,’ डा. पौडेलले मंगलबार संसदको शिक्षा तथा स्वाथ्य समितिको बैठकमा भने ।

यो संक्रमणदर निषेधाज्ञापछि कम भएर जाने उनको विश्वास छ । ‘आशा छ यो चेन ब्रेक हुनलाई निषेधाज्ञाको कदमले पक्कै सहयोग पुर्‍याउनेछ । त्यो बीचमा स्वास्थ्य मन्त्रालयले तयारीका कामहरु पनि गर्नेछ,’ उनले भने ।

विश्वमा साउथ अफ्रिकन र ब्राजिलियन भेरियन्ट नयाँ देखिएको र ती खतरनाक रहेको पौडेलले बताए । ‘हामीले लगाइरहेको खोप ब्राजिलियन र साउथ अफ्रिकन भेरियन्टका  लागि प्रभावकारी देखिएको छैन, बेलायती भेरियन्टमा मात्रै देखिएको हो,’ उनले भने ।

यस्तै, भारतको पश्चिम बंगालमा देखिएको ट्रिपल म्युटेट भेरियन्ट पनि नेपालमा हुन सक्ने आशंकामा झापा, मोरङ, कञ्चनपुर, कैलाली र बाँकेबाट नमुना लिएर परीक्षण गरिएको पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४