Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिल्लीमा पार्कहरु शवदाह गृह निर्माण हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 5.1K
    SHARES

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितबाट बढ्दो मृत्यु दरका कारण दाहसंस्कार गर्ने ठाउंको चरम अभाव देखिएको छ ।शव जलाउने ठाउँको अभाव भएपछि सार्वजनिक पार्कहरुमा समेत शवदाह गृह निर्माण गर्न थालिएको छ ।

कोरोना संक्रमणको घातक दोस्रो छालले सबैभन्दा बढी मार खेपिरहेको दिल्लीमा पार्किंङ स्थल, पार्क वा खाली मैदान, दाहसंस्कारको बढ्दो आवश्यकताका लागि खोजी भईरहेको अधिकारीहरुले जनाएका छन् ।

दाहसंस्कारका लागि समेत परिवारजनले घण्टौं कुर्नु पर्ने अबस्था छ । पछिल्लो २४ घण्टामा दिल्लीमा ३ सय ८० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

करिव २ करोड जनसंख्याको रहेको दिल्लीका अस्पतालहरू संक्रमितले भरिएका छन् भने चिकित्सक र अक्सिजनको अभावले मृतकको संख्या बढ्दो छ ।यता दिल्ली सरकारले बैंककबाट १८ वटा अक्सिजनको ट्याङ्कर मगाउने निर्णय गरेको छ ।

मगाइएको ट्याङ्कर भोलिदेखि आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभयो ।उहाँले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ ।

फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै केजरीवालले त्यसले दिल्लीमा अक्सिजनको समस्या समाधान गर्ने बताउनुभयो ।

यसैबीच भारतमा लगातार छैटौं दिन ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।पछिल्लो चौबीस घण्टामा ३ लाख २३ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।जुन अघिल्लो दिनको तुलनामा ३० हजारले कम हो । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतर २ हजार ७ सय ७१ जनाको कोरोनाका कारण मृत्यु छ ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजारभन्दा बढी छ । नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरूमा पनि संक्रमण बढिरहेको छ ।पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा २६ हजार ७ सय १९ जनामा संक्रमण र २ सय ४९ जनाको मृत्यु भएको छ ।पश्चिम बंगालमा ९ हजार ७ सय बढीमा संक्रमण र ६८ जनाको मृत्यु भएको छ ।

त्यस्तै बिहारमा ९ हजार २ सय २८ जनामा संक्रमण र ६७ जनाको मृत्यु भएको छ ।भारतमा आगामी मे १ देखि १८ वर्ष माथिका सबै उमेर समूहका लागि खोप लगाउने तयारी गरिएको छ ।यसबाट संक्रमणको दरमा कमी आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४