Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री सहित एमालेका ५० भन्दा बढी नेता कन्ट्याक्ट ट्रेसिङमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसको संक्रमितको सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ)मा आउनुभएको छ । मंगलबार ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको हो ।

मंगलबार बिहान ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको थियो भने नेता रिजालले साँझ आफूलाई संक्रमण भएको जानकारी दिनुभएको थियो । रायमाझी र रिजाल आइतबार बालुवाटारमा भएको नेकपा एमालेको १४औं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका थिए । बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री सहित एमालेका ५० भन्दा बढी नेता कन्ट्याक्ट ट्रेसिङमा
बैठकमा सहभागी नेताहरू

बैठककै क्रममा रिजालले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित अन्य ५ नेताहरूसँग विना मास्क तस्वीर खिचाउनुभएको थियो । तस्वीर आएपछि रिजालसहित अन्य नेताहरूको आलोचना भएको थियो । प्रेस सल्लाहकार भएकाले थापा प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा रहनु स्वभाविक भएकाले प्रधानमन्त्री कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको हो ।

प्रधानमन्त्री सहित एमालेका ५० भन्दा बढी नेता कन्ट्याक्ट ट्रेसिङमा
आइतबार बालुवाटारमा रिजालसहितका नेताहरूको तस्वीर

प्रधानमन्त्रीसँगै बालुवाटारको बैठकमा सहभागी ५० भन्दा बढी एमाले नेता पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने सूचना जारी गर्दा समेत प्रधानमन्त्री ओलीले भीड जम्मा गरिरहनुभएको थियो । सूचना पछि पनि प्रधानमन्त्री निवासमा १ सयभन्दा बढी मानिस जम्मा भएर बैठक भइरहेको थियो भने सैयौं मानिस जम्मा पारेर धरहराको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४