काठमाडौं । साताको तेस्रो दिन मंगलबार आज सेयर बजार उकालो लागेको छ ।
दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारमा आज भने एकैदिनमा ९२ अंक भन्दा धेरैले उकालो लागेको हो ।
आज नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेको छ । ‘ आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले ओरालो लागेको थियो ।
अनज सेन्सेटिभ इन्डेक्स पनि १४ शदमलव ४८ अंकले वृद्धि भएको छ । समूहगत सवइन्डेक्सहरु पनि सबै वृद्धि भएका छन् । तर कारोबार रकम भने आइतबार र सोमबारको तुलनामा कम भएको छ ।
आज ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँको सेयर कारोबार भएको छ ।
यस अघि आइतबार ७ अर्ब भन्दा माथिको र सोमबार ६ अर्ब ५९ करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको थियो ।