Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अस्ट्रेलियाद्वारा भारतसँगको सिधा उडान प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 3.4K
    SHARES

एजेन्सी । अस्ट्रेलियाले भारतसँगको सिधा हवाई उडानमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमणपछि अस्ट्रेलियाले तीन हप्ताको लागि सिधा उडान अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मंगलबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भारतसँगको उडानलाई १५ मे सम्मका लागि रोक लगाउने जानकारी दिनुभयो । उहाँले त्यसपछि उडान खोल्ने वा बन्द गर्ने भन्ने विषयमा पुनर्विचार गरिने बताउनुभयो ।

भारतमा दैनिक ३ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएसँगै विभिन्न देशले भारतसँगको हवाइ उडानमा रोक लगाउँदै आएका छन् । नेपालले पनि सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयमा भारतसँगको सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।

भारतमा अहिले दैनिक तीन लाख संक्रमित हुँदा २५ सय देखि ३ हजार भन्दा बढी मानिसकोका मृत्यु भइरहेको छ । आर्यघाटमा शव जलाउने ठाउँ नभएर फुटपाथमा शव जलाइरहेको भिडियो सामाजिक सञ्जाल र त्यहाँका टेलिभिजनहरूले देखाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४