Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एआईजी केसीको म्याद थपिएपछि आईजीपी खनाललाई ठुलो झड्का, कुनै पनि बेला पदबाट हट्ने खतरा !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 5.8K
    SHARES

काठमाडौं। मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी बलका दुई जना एआईजीको पदावधी थप गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले  एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेलको पदावधी एक वर्ष थप गरेको हो । एआईजी केसीको अबधि नथप्न सशस्त्रका प्रमुख आईजीपी शैलेन्द्र खनालले ठुलो चलखेल गरेका थिए।

 स्रोतका अनुसार बालुवाटारको निर्देशनमा  गृहसचिव महेश्वर न्यौपानेले सशस्त्र प्रमुख खनाललाई फोन गरेर पदावधी थपको प्रस्ताव ल्याउन भनेपछि खनालले प्रस्ताव ल्याउन आनाकानी गरेका थिए। तर,आईजीपी खनाललाई प्रस्ताव नल्याए गृहबाटै ठाडो प्रस्ताव लैजाने गृहसचिव न्यौपानेले  चेतावनी दिएपछि  खनालले पदावधी थपको प्रस्ताव पठाएका थिए ।

सशस्त्रमा एआईजीको पदावधी ४ वर्ष हुने प्राबधान छ । एआईजीको पदावधी ४ वर्ष पुरा भएपछि सशस्त्र प्रहरीको नियमावली नियम ६५ को २ अनुसार १ वर्ष थप्न गर्न सक्ने व्यवस्था नियममा छ ।

एआईजीमा केसीको पदावधी थप भएसंगै उनी थोरै समय  संगठन प्रमुख हुने बाटो खुलेको छ । खनालको अवकाशपछि केसीलाई करिब तीन साता आईजीपी हुने बाटो खुलेको छ । केसीको पद थपसँगै आईजीपी खनाललाई ठुलो झड्का लागेको छ। किनकी अब कुनै पनि समय खनाल पदबाट हट्ने खतरा देखिएको छ। खनालसँग प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृह मन्त्रालय सन्तुष्ट छैन।

अर्कोतिर आईजीपी खनालमाथि  भष्टाचार गरेर अकूत सम्पत्ति जोडेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि उनीमाथि अनुसन्धान भइरहेको छ। आईजीपी खनालको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’सँग रहस्यमय सम्बन्ध रहेका कारण पनि प्रधानमन्त्री ओली उनीसँग चिढिएको वताइन्छ। एआइजी केसीको बालुवाटारमा राम्रो सम्बन्ध रहेका कारण पनि सशस्त्र प्रहरी नियमावली संशोधन गरी महानिरीक्षकको पदावधि तीन वर्ष बनाएर आफुलाई हटाउन सक्ने चिन्ता खनाललाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४