Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायती फुटबल क्लबहरुले किन गर्दैछन् सोसल मिडिया बहिष्कार ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 5.8K
    SHARES

काठमाडौं । बेलायतको शीर्ष फुटबल लिगको रुपमा रहेको प्रिमियर लिग तथा महिला फुटबल सुपर लिगका क्लबहरुले सोसल मिडिया बहिष्कार गर्ने भएका छन् ।

दुर्व्यवहार तथा विभेदको विरोधमा इंगलिस फुटबल सोसल मिडिया बहिष्कार अभियानमा लागेको हो ।

उक्त चारदिने सोसल मिडिया बहिष्कार अभियान आगामी अप्रिल ३० देखि सुरु हुने बताइएको छ ।

बेलायतको फुटबल एसोसिएसन, फुटबल लिग सम्बद्ध निकाय तथा अन्य संस्थाहरुका साथै विभेद विरुद्धको च्यारिटी संस्था किक इट आउट पनि सो अभियानमा सामेल हुनेछन् ।

किक इट आउटका अध्यक्ष सञ्जय भण्डारी भन्छन्- यो बहिष्कारले विभेद तथा दुर्व्यवहार विरुद्ध हाम्रो सामूहिक आक्रोस देखाउँदछ । सोसल मिडिया प्लाटफर्महरुबाट हामीले आफैलाई हटाएर शक्तिमा भएकाहरुलाई सांकेतिक कदम देखाउन चाहन्छौँ । यस विषयमा केही गर्नैपर्छ र परिवर्तन ल्याउनै पर्दछ । सामाजिक सञ्जालहरु अहिले विषाक्त दुर्व्यवहारको भाँडो बनेका उनको भनाइ छ ।

गत वर्ष जातीय दुर्व्यवहारमा परेका शेफिल्ड उनाइटेड क्लबका खेलाडि डेभिड म्याकगोल्डरिकले यस कदमको स्वागत गरेका छन् । उनले जातीय विभेदका घटनालाई लुकाउन नहुने भन्दै आफूमाथि गरिएको दुर्व्यवहारको घटना आँखामा झलझली आउने गरेको बताएका छन् ।

अनलाइनबाट दुर्व्यवहारको सिकार बनेका ब्रिग्टन क्लबमा फरवार्ड निल माउपेले पनि बहिष्कार अभियान निकै उत्कृष्ट कदम भएको बताएका छन् । खेलाडीहरुले अनलाइन दुर्व्यवहार निकै धेरै भोग्नु परिरहेको भन्दै उनले त्यसविरुद्ध लड्नुपर्ने बताए ।

द फुटबल सपोर्टर्स एसोसिएसन, लिग म्यानेजर्स एसोसिएसन, वुमन इन फुटबल, वुमन्स च्याम्पियनसिप तथा त्यसका क्लबहरुका साथै रेफ्रीहरुको संस्था प्रोफेसनल गेम म्याच अफिसियल्स लिमिटेडले पनि ट्वीटर, फेसबुक तथा इन्स्टाग्राम लगायतका सोसल मिडिया बहिष्कार गर्ने उक्त अभियानमा सामेल हुने घोषणा गरिसकेका छन् ।

स्मरण रहोस् आफ्ना केही खेलाडिहरुमाथि दुर्व्यवहार भएको विरोधमा स्वान्सी सिटी क्लबले केही अघि एक हप्ताका लागि आफ्ना सोसल मिडिया अकाउन्टहरु बन्द गरेको थियो । त्यस्तै बर्मिंघम सिटी र रेन्जर्स क्लबले पनि आफ्ना सोसल मिडिया अकाउन्टहरु बहिष्कार गर्ने घोषणा गरेका थिए ।

सोसल मिडिया प्लाटफर्महरुमा जातीय आक्षेपसहित दुर्व्यवहार तथा गाली गलौजका घटना भएसँगै फ्रान्सका चर्चित पूर्व फुटबलर थियरी हेनरीले सबै सोसल मिडियाबाट गत मार्चमा आफूलाई अलग बनाएका थिए ।

–बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४