Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकहरूको स्वास्थ्यमाथि खेलवाड नगर्न अध्यक्ष प्रचण्डद्वारा सरकारलाई आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 5.3K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिककको स्वास्थ्यमाथि खेलवाड नगर्न सरकारलाई आग्रह गर्नु भएको छ ।

सोमबार एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले नागरिकको स्वास्थ्यलाई उच्च प्रथामिकतामा राखेर सबै स्थानीय निकायहरुमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन सरकार समक्ष माग राख्नु भएको छ ।

कोरोना महामारीले सबैभन्दा बढी मार श्रमजीवि हरुलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था गर्न सरकारी तथा निजी क्षेत्रलाई पनि आह्वान गर्नु भएको छ ।

‘म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु । महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपील गर्दछु’ –  उहाँले भन्नु भएको छ ।

त्यस्तैगरी अध्यक्ष प्रचण्डले कोराना भाइरसको संक्रमणका कारण देश आक्रान्त भइरहेको बेला स्वास्थ्य सेवा प्रभावकारी बनाई जनताको सारथी बन्नु पर्नेमा सरकार शिलश्न्यास र उद्घाटनमा केन्द्रीत हुदा अप्ठ्यारो स्तिथति आउन सक्ने आशंका व्वयकत गर्नु भएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना संक्रमणको उच्च जोखिम मुलुकको सुचीमा राखेकाले यसकार तीनै तहका सरकार तथा पार्टीका सबै तहका नेता, कार्यकर्ताहरुलाई स्वंयमसेवकको रुपमा खट्न अध्यक्ष प्रचण्डले आग्रह गर्नु भएको छ ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा उच्च मनोबलका साथ काम गर्नसमेत उहाँले आग्रह गर्नु भएको छ ।

बिज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४