Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ओली र गुटका मान्छेलाई सरकारी निर्णय लाग्दैन ? कि कानुनभन्दा माथि हुने गोप्य अध्यादेश जारी भइसक्यो ?’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले प्रधानमन्त्री ओली र उहाँका गुटका मानिसलाई सरकारी निर्णय लाग्दैन भन्ने प्रश्न गर्नुभएको छ ।

सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै रावलले कोरोनाबाट जोखिम अरुलाई भेला बैठक, समारोह नगर्न आग्रह गर्ने प्रधानमन्त्री र उहाँका निकटस्थहरू नै भेला, बैठक र समारोह गरिरहने भन्दै प्रश्न उठाउनुभएको छ ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘प्रधानमन्त्री ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो ? कानूनका सामु सबै बराबर होइन र ?’

देशमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । आइतबार मात्र २८ जनाको कोरोना भाइरसकै कारण ज्यान गएको छ भने एकैदिन ३१ सय भन्दा धेरैमा संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

सरकारले २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नियम ल्याएको भए पनि प्रधानमन्त्री आफैँले धरहरा उद्घाटन, बालुवाटारमा भएको महाधिवेशन आयोजक कमिटीको बैठकमा सैयौंको भीड जम्मा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४