Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आयल निगममा सुरेन्द्र पौडेलका भित्रिया कर्मचारीद्वारा राजीनामा, कर्मचारीमाझ चरम गुटबन्दी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 5.3K
    SHARES

काठमाडौं। नेपाल आयल निगममा कर्मचारीहरुबीच चरम गुटबन्दी बढ्न थालेपछि कर्मचारीहरुले राजिनामा दिन थालेका छन्।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका भित्रिया कर्मचारी दीपक बरालले पदबाट राजीनामा दिएका छन् ।आपूर्ति तथा वितरण विभाग प्रमुख निर्देशक रहेका बराल र पौडेलबीच पछिल्लो समय खटपट शुरु भएपछि राजीनामा दिएको वताइन्छ।

निगममा २५ वर्षभन्दा बढी समय जागिर खाएका बरालले भारतबाट बढीभन्दा बढी ग्यास ल्याउन र आयातीत ग्यासलाई पारदर्शी ढंगले वितरण गर्न प्रमुख भूमिका खेलेका थिए ।

इआरपी सफ्टवेयर लागू गर्नका लागि दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्ज पुगेर चार दिन काममा खटिएका बरालले अकस्मात किन जागिर छाड्न लागे भन्ने कुराले निगममा चर्चा पाएको छ।

निगमका  नायव कार्यकारी निर्देशक सुशिल भट्टराई र कार्यकारी निर्देशक पौडेलबीच लडाईं चल्दै आएको बेला बरालले पदबाट राजीनामा दिएपछि भट्टराईलाई फाइदा पुगेको निगमका एक कर्मचारीले वताए।

महाभुकम्पको बेला भारतले नाकाबन्दी गरेका वेला सरकारले चीनबाट १३ लाख लिटर पेट्रोल आयात गर्दा तत्कालीन समयमा वितरण विभाग प्रमुख रहेका बराल र निमित्त नायब कार्यकारी निर्देशक रहेका भट्टराई बेइजिङ पुगेर इन्धन आयातको सम्झौता गरेका थिए।

बरालले पौडेल र भट्टराईलाई मिलाउने प्रयास पनि गरेका थिए।

तर, पौडेल नै भट्टराईलाई सिध्याउने अभियानमा लागेका कारण निगममा पौडेल असफल बन्ने अवस्था देखिएको छ। पौडेल र भट्टराईबीचको लडाईं अख्तियार हुँदै बालुवाटारसम्म पुगेको छ।

भट्टराईलाई निगमका पूर्व कार्यकरी निर्देशक गोपाल खड्काले ‘गाइड’ गर्दै आएका छन्।

झन्डै ९ महिना कार्यकाल बाँकी रहेका पौडेललाई कार्यकारी निर्देशक बनाउँदा नेकपा एमालेका साँसद महेश बस्नेतले ठुलो आर्थिक चलखेल गरेको भट्टराई पक्षले आरोप लगाउँदै आएको छ।

त्यसो त पौडेलको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’सँग पनि रहस्यमय सम्बन्ध रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४