Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपभोक्तालाई ग्यास उद्योग संघको आग्रह : खाली सिलिण्डर भर्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 5.3K
    SHARES

 काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । एलपी ग्यास आयात हुने मुलुक भारतमा कोभिड माहामारी बढेका कारण त्यसबाट पर्ने असर कम गर्न तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले एक सूचनामार्फत जनाएको छ ।

गत वर्ष ग्यास भर्न एकै पटक उपभोक्ताहरु लाइन लाग्दा आपूर्तिमा चाप परेकाले यस वर्ष त्यस्तो नहोस् भनेर सूचना जारी गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ‘गत वर्ष खाली सिलिण्डर एकै पटक बजारमा आउँदा आपूर्ति व्यवस्थामा समस्या देखियो, यस वर्ष त्यस्तो नहोस् भनेर खाली सिललिण्डर भर्न भनेका हौं,’ अध्यक्ष भण्डारीलेजन न्युज नेपाल खबरसँग  भने । ग्यासको आपूर्ति व्यवस्था बिग्रिन नदिन र आपूर्तिलाई चुस्त बनाउन निगमले संघलाई पत्राचार गरेको पनि उनले बताए । भारतबाट नियमित रुपमा ग्यासको आपूर्ति भइरहेको र अहिले सहज भएकै अवस्थामा खाली सिलिण्डर भरेर भण्डारण गर्दा पछि समस्या नआउने अध्यक्ष भण्डारीको भनाइ छ ।

ग्यासको आपूर्ति व्यवस्थालाई चुस्त बनाउन र अभाव कतैबाट पनि नहोस भनेर व्यवसायीलाई सचेत गराइएको नेपाल आयल निगमले जनाएको छ । ‘गत वर्ष उपभोक्ता त्रसित हुँदा आपूर्ति चेनमा केही समय असर पर्‍यो । यो वर्ष त्यो हुनु भएन भनेर हामीले पूर्वतयारी गर्न भनेका हौं,’ निगमका प्रवक्ता विनितमणि उपाध्ययले अनलाइनखबरसँग भने ।

ग्यासको आपूर्ति नियमित रुपमा भइरहेको भएपनि पाइन्जेल चुप लागेर बस्ने र अभाव भएपछि लाइन लाग्ने उपभोक्ताको स्वभावलाई सुधार गर्न यस पटक पहिल्यै तयारी गरिएको उपाध्यायको भनाइ छ । भारतको धेरै टाढा रहेको पारादीप, हल्दीय, मथुरा लगायतका ठाउँबाट ग्यास ल्याउनुपर्ने र ती क्षेत्रमा कोरोना कहर बढी रहेका कारण सामान्य अवस्था रहँदै क्षमताले भ्याएसममको भण्डारण गनै नीतिमा निगम रहेको उनले बताए ।

अघिल्लो महिना अहिलेसम्मकै धेरै चार अर्ब रुपैयाँ बराबरको ४७ हजार मेट्रिकटन एलपी ग्यास आयात भएको पनि निगमले जनाएको छ । नेपाल आयल निगमको तथ्यांकअनुसार नेपालमा दैनिक ८० हजार सिलिण्डर र मासिक २६ लाख ७६ हजार ५७ सिलिण्डर ग्यास खपत भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४