Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अक्सिजन ट्याङ्की पड्केर कोभिडका बिरामी रहेकाे अस्पतालमा आगलागी, २३ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 4.6K
    SHARES

एजेन्सी । अक्सिजन ट्याङ्की पड्केर आगो लागेपछि इराककाे एक अस्पतालमा कम्तीमा पनि २३ जनाकाे ज्यान गएकाे छ । इराकको राजधानी बगदादमा कोभिड- १९ भएका बिरामीहरूको उपचार गरिरहेको उक्त खतिब नामक अस्पतालमा आगलागी भएकाे हाे ।

शनिबार राति अस्पतालमा अक्सिजन ट्याङ्की विस्फोट हुँदा आगलागी भएकाे थियाे । आगलागीमा परेर दर्जनौँ मानिस घाइते समेत भएका छन् ।

काेभिडका बिरामीका लागि चाहने अक्सिजन ट्यांकी पड्केर उनीहरूकाे ज्यान गएकाे हाे । साे घटनापछि रातिदेखि नै मानिसहरूकाे भागाभाग भएकाे थियाे । अस्पताल छोडेर भागिरहेका देखिने र अग्नि नियन्त्रकहरूले आगाे निभाउने प्रयास गरिरहेका भिडियाेहरू सामाजिक सञ्जालमा शेयर भएका छन् ।

अस्पतालमा उपचाररत बिरामीहरूकाे उद्धार समेत गरिएकाे छ । इराकका आपत्का‌लीन अधिकारीहरूले १२० जना बिरामीमध्ये ९० जनाको उद्धार गर्न सफल भएकाे बताएका छन् । कोभिड-१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा रहेका थिए । घाइतेहरूकाे उद्धार गरी अन्यत्र उपचार भइरहेकाे छ ।

उक्त दुर्घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल-कादिमिले ‘दुःखद दुर्घटना’ भएकाे बताएका छन् । साथै उक्त दुर्ङटनाकाे वास्तविक कारण खोल्न तत्काल अनुसन्धान गर्ने पनि उनले बताएका छन् ।

इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो । साथै आइतबार बिहानसम्म आगो नियन्त्रणमा आइसकेको जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४