Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना हटस्पट भारत : एकै दिन साढे ३ लाख संक्रमित, २७ सयको ज्यान गयो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 5K
    SHARES

काठमाडौँ । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण भयावह रुपमा फैलिएको छ । काेराेनाकाे दाेस्राे लहर बढेपछि त्यहाँ दिनदिनै संक्रमण पुष्टि हुनेको संख्या उकालो लागिरहेछ भने मृत्यु हुनेको संख्या समेत तिरन्तर बढिरहेको छ । कतिपय शहरमा अक्सिजनकै अभाव भएर हस्पिटलमा समेत उपचार नहुने अवस्था देखिएको छ । अक्सजिन नपाएरै धेरैकाे ज्यान गइरहेकाे बताइएकाे छ ।

केही दिनयता त्यहाँ लगातार ३ लाखभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अर्थात् शनिबार मात्र भारतमा ३ लाख ४९ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन शुक्रबार पनि २४ घण्टाभित्र ३ लाख ४५ हजारभन्दा संक्रमित थपिएका थिए ।

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमितको ज्यान गएको छ । शनिबार त्यहाँ  २ हजार ७६१ जनाकाे ज्यान गएकाे छ । शुक्रबार र बिहीबार क्रमशः २ हजार ६२१ तथा २ हजार २५६ संक्रमितको मृत्यु भएको जनाइएको छ ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६९ लाख ५१ हजार नाघेको छ । यो विश्वमा अमेरिकापछि सबैभन्दा बढी संक्रमित संख्या हो ।

यस्तै, भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या १ लाख ९२ हजार ३१० पुगेको छ । त्यहाँ पछिल्लो २ सातायता कोरोना संक्रमणका कारण दैनिक १ हजारभन्दा बढी मानिसको मृत्यु भइरहेको छ ।

उता संयुक्त राज्य अमेरिकामा शनिबार ५३ हजार २७५ जना संक्रमित थपिँदा ७४२ जनाको ज्यान गएको छ । यस्तै ब्राजिलमा शनिबार मात्र २ हजार ९८६ संक्रमितको मृत्यु भएको छ भने ७० हजार १०५ जना संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४