Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनएसएलमा काठमाडौंको सुखद शुरुवात


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सले विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा विकेश कुथुको कप्तानीमा रहेको काठमाडौंले उपत्यका डर्बीमा ललितपुर सिटी एफसीलाई १–० ले पराजित गरेको हो ।

काठमाडौंको जितमा विदेशी खेलाडी स्टेफन समिरले निर्णायक गोल गरे ।

खेलको ६६औं मिनेटमा विदेशी खेलाडी मेसोउके ओलोउमोउले गोल गरे । अर्का विदेशी खेलाडी स्टेफन समिरको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले बचाए पनि त्यसमा रिबाउण्ड भएको बलमा मेसाउकेले गोल गरे ।

पहिलो हाफमा पनि काठमाडौंले गोलको अवसर बनाएको थियो । ३३ औं मिनेटमा काठमाडौंका स्टेफन समिरले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किएको थियो । पहिलो हाफमा ललितपुरका लागि विदेशी खेलाडी भिलिम पोसिनकोभिकले फितलो प्रहार पोष्ट नजिकबाट बाहिरियो ।

६२ औं मिनेटमा मेसेउकेको प्रहार ललितपुरका गोलकिपर अर्पणले बचाएका थिए । ६६औं मिनेटमा भने मेसोउकेले गोल गरे ।

नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा भइरहेको एनएसएलमा सात फ्रेन्चाइज टिमले सिंगल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगलाई प्राविधिक सहयोग गरेको छ ।

लिगमा आइतबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो २:३० बजे विराटनगर सिटी एफसी र धनगढी एफसी खेल्नेछन् भने साँझ ५:३० बजे हुने खेलमा पोखरा थण्डर्स र बुटबल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४