Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिल्लीका अस्पतालहरुमा अक्सिजनको चरम अभाव, २५ विरामीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 2.4K
    SHARES

नयाँ दिल्ली । छिमेकी राष्ट्र भारतको दिल्लीस्थित अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ । दिल्लीस्थित जयपुर गोल्डेन अस्पतालमा अक्सिजनको अभावकै कारण २५ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

त्यस्तै, कोरोना संक्रमितहरु तीब्र रुपमा बढिरहेको अवस्थामा दिल्लीस्थित महाराजा अग्रसेन अस्पताललगायतमा अक्सिजनको चरम अभाव भएको बताइएको छ ।

महाराजा अस्पतालमा ३०६ जना गम्भीर विरामी

महाराजा अग्रसेन अस्पतालले अक्सिजनको तत्काल सप्लाई गर्नका लागि दिल्ली हाई कोर्टमा उजुरीसमेत दर्ता गरिसकेको छ, जहाँ सुनुवाईको क्रममा अस्पतालले ३०६ जना कोरोनाका विरामीसहित दुई वटा अस्पताल सञ्चालन गरिरहेको जनाएको छ ।

अस्पतालले भनेको छ, ‘हिजो राति नै हामीसँग भएको अक्सिजन करिब सकिएको थियो । आज दिउँसोसम्ममा हामीसँग भएको अक्सिजन सकिदैछ । त्यसैले हामीले गम्भीर विरामीहरुलाई समेत डिस्चार्ज गरिरहेका छौं ।’

अस्पतालले थप भनेको छ, ‘हामीलाई आफ्नो विरामीहरुका लागि अक्सिजनको आवश्यक छ । क्रिटिकल युनिटमा १०६ जना विरामीहरु रहेका छन् । यदि अक्सिजनको आफूर्ति भएन भने गम्भीर विरामीहरुको पनि डिस्चार्ज गर्नुपर्ने हुन्छ ।’

अक्सिजनको कमीका कारण २५ विरामीको मृत्यु

दिल्ली हाईकोर्टका अनुसार अक्सिजन अभावकै कारण गएराति जयपुर गोल्डेन अस्पतालमा उपचाररत २५ विरामीहरुको मृत्यु भएको छ । अस्पतालका मेडिकल निर्देशक डा. डीके बलुजाले आफूहरुसँग भएको अक्सिजनले करिब आधा घण्टा मात्रै थेग्नने बताएका छन् ।

उनका अनुसार जयपुर गोल्डेन अस्पताललाई ३,६०० मेट्रिक टन अक्सिजनको आवश्यक रहेको छ । तर, सो अस्पताललाई १,५०० लिटर मात्रै प्राप्त भएको मेडिकल निर्देशक डा. बलुजाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४