गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९०० बढीको ज्यान गएको थियो भने कैयौं भौतिक संरचना नष्ट भएको थियो ।
धरहराको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई पनि सम्मान गरेका छन् । धरहरा भत्केको करिव ६ बर्ष पछि पुननिर्माण गरेको धरहरा आजबाट उदघाटन गरेर फेरी पुरानै स्थितिमा ल्याइएको छ ।