Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सीमा विवाद समाधानका विषयमा भारतसँग वार्ता गर्न पाकिस्तान तयार


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 2.1K
    SHARES

एजेन्सी । पाकिस्तानले भारतसँग सीमा समस्या समाधानका लागि वार्ता गर्न चाहेको जनाएको छ ।

लामो समयदेखिको भारत पाकिस्तान सीमा विवाद समाधानका लागि भारतसँग औपचारिक वार्ता गर्न चाहेको पाकिस्तानी अधिकारीहरुले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

दुवै देशबीच कश्मिरको सीमा र स्वामित्वका विषयमा लामो समयदेखिको विवादका कारण तिक्तातापूर्ण सम्बन्ध रहेको छ । दुई देशबीचको तिक्ततापूर्ण सम्बन्ध सुधारका लागि कश्मिरको समस्या समाधान गर्न सकिने पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

कश्मिरमा भारतीय सुरक्षाकर्मीले सैन्य अवरोध गरेसँगै पछिल्लो समय सन् २०१९ देखि नै दुवै देशको सम्बन्ध थप बिग्रिएको छ । यसै वर्ष दुवै देशका सैन्य सैन्य अधिकारीहरुबीच अनौपचारिक वार्ता भएसँगै सन् २००३ मा जारी भएको युद्धबिरामसम्बन्धी सम्झौता पालना गर्नेबारे दुवै देशका उच्च नेतृत्वबीच छलफल गर्ने सैन्य अधिकारीहरुले सहमति जनाएको बताइएको छ ।

कश्मिरको जनजीवन सहज बनाएर वार्ताको वातावरण बनाउनुपर्ने पाकिस्तानी अधिकारीहरुले जोड दिएका छन् । भारतीय पक्षबाट पक्राउ परेका पाकिस्तानी नागरिकको विना शर्त रिहा गर्नुपर्ने, कश्मिरको जनसंख्यि परिवर्तनलाई रोक्नुपर्ने लगायतका माग पाकिस्तानी अधिकारीहरुले राखेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४