Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेमा कार्यविभाजन : सूर्य थापा प्रेस चौतारी र महेश बस्नेत युवा संघ इन्चार्ज, अरु कसलाई के ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 4K
    SHARES

काठमाडौं । नेकपा एमालेले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ । शुक्रवार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।

बैठकले गरेको निर्णयअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्कूल विभागको जिम्मेवारी दिइएको छ । यस्तै महासचिव ईश्वर पोखरेललाई उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएको छ भने विष्णु पौडेल संगठन विभाग प्रमुख बनेका छन् ।

यसैगरी रामबहादुर थापा बादल बागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभाग प्रमुख बनेका छन् भने स्थायी कमिटीमा समेटिएका वामदेव गौतम जिम्मेवारीविहीन बनेका छन् ।

बैठकले युवा संघको इञ्चार्जको जिम्मेवारी महेश बस्नेतलाई, अनेरास्ववियुको इञ्चार्ज खिमलाल भट्टराईलाई, प्रेस चौतारीको इञ्चार्ज सूर्य थापालाई र मजदुर इञ्चार्जको जिम्मेवारी विनोद श्रेष्ठलाई दिएको छ ।

विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा यी जिम्मेवारीहरु तोकिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४