Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकारलाई घरबाटै काम गर्ने वातावरण मिलाउन महासंघको माग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 4.2K
    SHARES

काठमाडौं,  । नेपाल पत्रकार महासघंले कोरोनाको दोस्रो लहर फैलिएकाले पत्रकार र सञ्चारकर्मीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन माग गरेको छ ।

स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई पनि आग्रह गरिएको छ ।

महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहहरुको ध्यानाकर्षण गराएको हो ।

समाचार कक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र प्रविधिको उच्चतम् प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्नुपर्ने माग गरिएको छ ।

समग्र विषयको अनुगमन तथा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा उपाध्यक्षद्वय बाला अधिकारी, उदय जिएम, सचिव पवन आचार्य र नारायण किलम्बुका साथै प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्य रहेको टोली पनि गठन गरिएको छ ।

त्यसैगरी कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न समिति गठन गरिएको छ ।

महासचिव रोशन पुरीको संयोजकत्वमा सचिव गोविन्द चौलागाईं, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, कोषाध्यक्ष कलेन्द्र सेजुवाल लगायत केन्द्रीय सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४