Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार गरेर हत्या !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 7.8K
    SHARES

काठमाडौं । मजदुरीका लागि भारत पुगेकी एक नेपाली युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ ।

दैलेखकी २३ वर्षीया प्रतिक्षा गिरीको भारतको गुजरात राज्यस्थित अहमदावादको दानी लिम्दा, बेहरामपुरमा अपहरण गरेर सामूहिक बलात्कारपछि हत्या भएको हो।

नेपाली युवतीको अपहरणपछि स्थानीय तीन युवाले लागूऔषध खुवाएर सामूहिक बलात्कारपछि हत्या गरेको भारतीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न तीनजनालाई पक्राउ गरिएको छ । गुजरात प्रहरीका अनुसार घटनामा राजु नाम गरेका स्थानीय युवा मुख्य आरोपी हुन्।

घटनाको दिन बिहान घरदेखि मजदुरी गर्न निक्लिएकी उनी अर्को दिन बिहान राजु भन्ने युवाको घरमा मृत अवस्थामा भेटिएकी हुन्। हत्या गरिएकी युवतीलाई ६ वैशाखको बिहान अपहरण गरी २४ घण्टासम्म बन्धक बनाएर राखिएको र सामूहिक बलात्कार पश्चात उनको हत्या भएको प्रहरीले जनाएको छ।

गिरीलाई जबरजस्ती लागूऔषध दिएर तिनै जना युवाले सामूहिक बलात्कार गरेको अनुसन्धानमा खुुलेको छ। घटनाका बिषयमा गुजरात सरकारले सक्रियता देखाएको छ। आरोपीले हत्या गरेकोे स्वीकार गरेका छन्।

दैलेख घर भएकी नेपाली युवती प्रतिक्षा गुजरातको अहमदावादमा पछिल्ल्लो एक वर्षदेखि रोजगारीको सिलसिलामा बसोवास गर्दै आएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४