Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीद्वारा नयाँ स्थायी समिति गठन : वामदेवदेखि पूर्वमाओवादीसम्म समेटिए, नेपाल समूह ‘बाइपास’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा एमालेको ओली समूहतर्फको नयाँ स्थायी कमिटी (समिति) गठन भएको छ । शुक्रबार बालुवाटारमा गठन गरिएको कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीमा उपाध्यक्ष वामदेव गौतमलाई पनि समेट्नु भएको छ ।

उपाध्यक्ष गौतमलाई कमिटीमा समेटिए पनि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहबाट कसैलाई पनि समेटिएको छैन । पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेर मन्त्री बनेकाहरु समितिमा समेटिएका छन् । जसअन्तर्गत गृहमन्त्री रामबहादुर थापा ‘बादल’, खराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, रघुवीर महासेठ रहेका छन् ।

नयाँ स्थायी कमिटीमा अध्यक्ष ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ,  केशब बडाल र पुष्पराज कँडेल रहेका छन् ।

बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी खोस्ने ढंगले कोही आए सम्भव नहुने बताउनुभएको छ । साथै, उहाँले नेपाल–खनाल पार्टीलाई एकताबद्ध बनाउनतिर नलागेको पनि बताउनुभएको छ ।
उहाँका अनुसार माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरुसँग भेटघाट भए पनि पार्टी एकताबद्ध बनाउन कुनै गतिविधि देखिएन । आफू पार्टी एकताबद्ध बनाउन दिनरात लागे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाललगायत नेताहरुको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित भएको पनि उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४