Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धनगढी फुटबल क्लबको कप्तानी गर्दै किरण चेम्जोङ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 3.8K
    SHARES

काठमाडौं । नेपाल सुपर लिग फुटबलमा फ्रेन्चाइज क्लब धनगढी फुटबल क्लबको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । धनगढीले शुक्रबार विज्ञप्ति निकाल्दै टिमको कप्तानी किरणले गर्ने जनाएको छ ।

राष्ट्रिय टिमका कप्तान समेत रहेका किरण आइकोनिक खेलाडीको रूपमा धनगढीमा आबद्द भएका थिए । पछिल्लो समय भारतको आइ लिगमा पञ्जाबबाट खेलेका किरण ५ वर्षपछि घरेलु फुटबलमा फर्किन लागेका हुन् । धनगढीको मार्की खेलाडी भने विशाल राई रहेका छन् ।

टिमको मुख्य प्रशिक्षकमा युगल किशोर राई र प्रशिक्षकमा तोपे फुजा रहेका छन् । धनगढीले पहिलो खेल आइतबार विराटनगरसँग खेल्नेछ । यसैबीच धनगढी एफसीको मुख्य प्रायोजकको रूपमा दक्षिण कोरियाली कम्पनी किया आबद्ध भएको छ ।

कार उत्पादन कम्पनी कियाले धनगढी एफसीलाई मुख्य प्रायोजकको रुपमा साथ दिएको हो । सम्झौतासँगै कियाले नयाँ लोगो समेत सार्वजनिक गरेको छ । धगढी एफसीका मालिक सुवास शाही र किया नेपालका अनिश लामिछाने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४