काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गर्नुहुने भएकाे छ । बुधबार साँझ दुवै नेताबीच एक्लाएक्लै भेटवार्ता भएकाे थियाे । आज पनि दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेकाे बताइएकाे छ ।
अध्यक्ष ओलीसँग भेट्नुअघि नेता नेपालले आफू पक्षीय नेताहरूसँग परामर्श तथा ब्रफिङ गरिरहनुभएकाे छ । यद्यपि हिजाे साँझ मेरियट हाेटलमा करिब २ घण्टासम्म अध्यक्षसँग के के कुराकानी भएकाे थियाे भन्नेबारे बाहिर चाहिँ खुलाइएकाे छैन । आज पनि मेरियटमै भेटवार्ता हुन लागेको जनाइएकाे छ ।