काठमाडौं । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतका अनुसार मुख छाडेको आरोपमा उनलाई पक्राउ गरिएको हो । खड्काले प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’भन्दै मुख छाडेकी थिइन् । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए ।