Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी बम विस्फोट, कम्तिमा चार जनाकाे मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ९ २०७८
  • 2.6K
    SHARES

एजेन्सी । पाकिस्तानको क्वेटास्थिति एक होटलमा चिनियाँ राजदूतलाई लक्षित गरी बम विस्फाेट भएको छ । विस्फोटमा कम्तीमा चार जना मारिएको बीबीसीले जनाएको छ ।

विस्फोटमा परी अन्य ११ जना घाइते भएका छन् । बीबीसीका अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा विस्फोट गरिएको हो ।

उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेका बेला विस्फोट भएको हो । विस्फोटका बेला उनी घटनास्थलमा थिएनन् ।

उक्त विस्फोटको जिम्मा पाकिस्तानी तालिबानले आक्रमणको लिएको छ । उक्त समूह र अन्य लडाकु सङ्गठनहरूले पछिल्ला महिनाहरूमा अफगानिस्तान सँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन्।

विस्फोटपछिको स्थिति दर्शाउने भिडिओ फुटेज सामाजिक सञ्जालहरूमा राखिएका छन् जसमा होटलको कार पार्कमा आगोको मुस्लो फैलिएको देखिन्छ।

सेरेना क्वेटाको प्रख्यात होटल हो। जुन सरकारी अधिकारी र भ्रमणमा रहेका उच्चस्तरीय पाहुनाहरूको रोजाइमा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४