Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्घाखाँचीमा के होला, टाेपबहादुर रायमाझीको भविष्य ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ९ २०७८
  • 4.8K
    SHARES

अर्घाखाँची । माओवादीको जनयुद्ध पछि देश शान्ति प्रक्रियामा गईसकेपछि २०६४ यताको चुनावमा प्रतिनिधी सभामा बिजयी हुदै आउनुभएका र अर्घाखाँचीबाट पटक–पटक मन्त्री हुनुभएका टोपबहादुर रायमाझी अहिले खुलेर पूर्व माओवादी केन्द्र छोडेर प्रधानमन्त्री केपी शर्मा ओली समूहको एमालेमा गएपछि जिल्लामा उहाँको आलोचना बढेको छ ।

जिल्लामा माओवादीको नेतृत्व के होला भने विषयलेसमेत चर्चा पाएको छ । नेता रायमाझीसँगै राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पनि एमालेमा जानुभएको छ । सोहि विषयमा यता माओवादी निकट कार्यकर्ता सुदिप खनाल भने माथिल्लो तहका केहि नेता गएपनि तल्लो तहका कार्यकर्ता माओवादी केन्द्रमै रहेको र हिजो आफुलाई सहयोग गर्ने दौतरी साथी छाडेर एमालेमा गएको भन्दै आक्रोशित भएका छन् ।

जनयुद्धको क्रममा जिल्लाबाट केन्द्र सम्म नेतृत्व गर्नेमा अर्घाखाँचीको महत्वपूर्ण भुमिका देखिएको छ । यो जिल्लाबाट मात्र ७५ जना नागरिकहरू सहीद हुँदा उनीहरुको सपना भुलेर चटक्कै छाड्दा उनीहरुको परिवारको मनसमेत अमिलो भएको छ । जलस्रोत तथा सिँचाइ मन्त्री एवं माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गर्नु भएका रायमाझी पदको लोभमा सहिदहरुले देखाएको बाटो सँगै रगत पसिना लाई तत्काल नै भुलेर जानुले उहाँको राजनितिक यात्रा अब ओरालो लागेको माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बिक किशोरको दावी छ ।

भलै कुनै समयमा एमालेसँग माओवादीको एकीकरण गराएर पुष्पकमल दाहालले कम्यूनिष्ट पार्टी जोगाएको बताउने रायमाझी एकएक फेरीनुले उन्को व्यक्तिगत स्वार्थ भएको विश्लेषण गरीएको छ । तर रायमाझीले भने अध्यक्ष दाहालले उचित नेतृत्व गर्न नसक्दा नेकपामा माओवादी केन्द्र गुमनाम हुने अवस्थामा पुगे पछि जिल्लाको विकास निर्माणलाई अगाडि बढाउन र आफू सुरक्षित हुनको लागि एमाले नछोडेको उहाँको भनाइ छ । उहाँले जस्तो आश्वासन दिएर पुनः जनतालाई प्रभावित पार्न खजेको पनि र जो जहाँ भएपनि अबको राजनितिक यात्रा चुनाव पछिको परिणामबाटै हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४