Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मदननगरमा एमालेकाे अत्याधुनिक भवन, प्रधानमन्त्री ओलीद्वारा शिलान्यास


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ९ २०७८
  • 3.7K
    SHARES

काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बल्खुस्थित मदननगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएकाे छ । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले बिहीबार ९ बजे बल्खुस्थित पार्टीको पहिले कार्यालय रहेकै ठाउँमा नयाँ भवन निर्माण कार्यकाे शिलान्यास गर्नुभएको हो ।

बल्खुमा नेकपा एमालेको नाममा करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा छ । साेही जग्गामा अत्याधुनिक भवन निर्माण हुन लागेकाे हाे ।

२०७२ सालमा गएको भूकम्पले बल्खुस्थित एमाले कार्यालय भवनमा क्षति पुगेको थियो । त्यसपछि एमाले कार्यालय भाडाका भवनमा चल्दै अाएकाे छ ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा ओलीले आज पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गरिएकाे जनाइएकाे छ । हाल मदन भण्डारीकाे सालिक रहेकाे स्थानमै सालिकलाइ भवनकाे अगाडि पार्नेगरी कार्यालय बन्नेछ ।

एमाले केन्द्रीय कार्यालयकाे उक्त अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको पार्टीका आर्थिक विभाग प्रमुख विष्णु रिमालले जानकारी दिनुभएकाे छ । उहाँका अनुसार नयाँ बन्ने कार्यालयमा सभाहल, बैठक कक्षसहित, हरित पार्क र पर्याप्त पार्किङ सुविधासहितकाे हुने गरी डिजाइन गरिएको छ ।

यसअघि नेकपा पार्टीकै कार्यालय भवन बनाउने याेजना भए पनि विभिन्न कारणले ढिलाइ भएकाे बताइएकाे छ । हाल नेकपा पार्टी नै विभाजित भइसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४