Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरी थप चनाखो हुनुपर्नेमा आईजीपीको जोड !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी सङ्गठनमा एउटा प्रणालीको विकास गर्न खोजिरहेको र नेपाल प्रहरीले लागू गरेको कार्ययोजनाअनुरुप प्राप्त जिम्मेवारीप्रति थप सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।

कार्यसम्पादन सम्झौताअनुरुप फरार अभियुक्त पक्राउ, हातहतियार बरामद, राजश्व सङ्कलनमा वृद्धिलगायतका गतिविधिमा राम्रो सफलता हासिल गरेको जानकारी दिँदै उनले जघन्य अपराध, अवैध लागूऔषधजस्ता आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरी कर्मचारी थप चनाखो हुनुपर्नेमा जोड दिए ।

काठमाडौँमा आज आयोजित नेपाल प्रहरीको चैतको मासिक प्रगति समीक्षा कार्यक्रममा उनले प्रहरी कोभिड–१९ को विषम परिस्थितिप्रति संवेदनशील हुन र नियन्त्रणका उपाय तथा मापदण्डलाई गम्भीरतापूर्वक लिई स्थानीयस्तरमा सङ्क्रमण फैलिनबाट रोक्ने कार्यमा सक्रिय हुन निर्देशनसमेत दिए ।

सो क्रममा नेपाल प्रहरीको कार्ययोजना २०७७, कार्य सम्पादन सम्झौता तथा प्रहरी हवल्दार/प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजनाका बारेमा समेत समीक्षा गरिएको थियो ।

कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले भर्चुअल रुपमा तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधिले कार्यक्रममा उपस्थित भई आआफ्नो कार्यालयबाट गत चैतमा सम्पन्न भएका कार्यसम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापनका विषयमा समीक्षा गरिएको थियो ।

यस्तै मानव स्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्बर्द्धन, सुरक्षा निकाय तथा अन्य निकायसँगको समन्वय र सहकार्यको प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नवीनतम् कार्यको शुरुआत तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धिबारे विवरण प्रस्तुत गरिएको थियो । -रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४