सिमरा । फिनिसिङ लाईनअप नचल्दा एफसी विजय युथ हेटौडा जीतपुरसिमरा गोल्डकपको क्वाटरफाईनबाट बाहिरिएको छ ।
प्रतियोगीताको सातौँ संस्करणको विजेता समेत रहेको हेटौँडा संकटा क्लबसँग पराजीत हुँदै उपाधी होडबाट बाहिरिएको हो ।हेटौँडाको फितलो फिनिसिङको फाईदा उठाउँदै संकटाले खेलमा २–१ को जित निकाल्यो । संकटाको जीतका लागि ओडे ग्लोरी र गणेश हमालले गोल गरे ।
खेलको नवौँ मिनेटमा ग्लोरीले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । सुभास गुरुङको क्रस बललाई उनले हेडमार्फत गोलमा परिणत गरेका हुन् ।खेलमा पहिलो अग्रता बनाएपनी जितका लागि भने संकटाले अन्तिमसम्म संघर्ष गर्नुप¥यो ।
३९औँ मिनेटमा हेटौँडाका लागि फुफनाले गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए । उनले डि बक्सभित्र पाएको बललाई आकर्षक प्रहार गर्दै जाली चुमाएका हुन् ।खेलमा संकटाबिरुद्ध आक्रमक देखिएको हेटौँडा फिनिसिङ लाईनमा चुक्दा हारको सामना गर्नुप¥योे ।
३६औँ मिनेटमा संकटाका रोमन लिम्बुले हेटौँडाका फुफनालाई फल गरेपछी फुफुना आफैले प्रहार गरेको फ्रिकिक क्रस बार माथीबाट बाहिरिएको थियो ।४२औँ मिनेटमा सन्त बहादुर गुरुङको क्रसमा बिकास लामाले डिबक्स भित्रबाट गरेको प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट बचाउ गरे ।
६५औँ मिनेटमा राजेन्द्र रावलको क्रसमा नदोङ भुटियाले गोल गर्ने सुनौलो अवसर खेर फाले ।गोल लाईन नजिकै पाएको बललाई पनि उनले सहि दिशा दिन सकेनन् । लगत्तै ७०औँ मिनेटमा हेटौँडाले अग्रता अर्को उत्कृष्ट अवसर गुमाउन पुग्यो ।
हेटौँडाका सन्त बहादुर गुरुङले संकटाको रक्षापंक्तीलाई बिट गर्दै अघी बढाएको बल गोलमा परिणत गर्न चुके ।खेलको ७९औँ मिनेटमा हेटौँडाका नवराज गुरुङले वन भर्सेस वनको स्थितमा रहेको बलको सदुपयोग गर्न सकेनन् ।
उनको फितलो प्रहार पोष्ट नजिकैबाट बाहिरियो । हेटौँडाको लगातारको अवसरलाई बिफल तुल्याएको संकटाले खेलको ८९औँ मिनेटमा भने निर्णयक गोल ग¥यो ।प्रकाश बुढाथोकीको क्रसमा गणेश हमालले आकर्षक गोल गरे । उनको विजयी गोलसंगै संकटा जारी प्रतियोगीताको अन्तिम चारमा प्रवेश गरेको छ ।
प्रतियोगीता अन्तर्गत बुधबार हुने पहिलो सेमीफाईनलमा आयोजक नव जनजागृति युवा क्लब र अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनबिच खेल हुनेछ ।क्वाटरफाईनलमा हिमालयन शेर्पा क्लबलाई ३–२ ले हराउँदै सेमिफाईनल पुगेको आयोजकसँगको भेटका लागि अफ्रिकन रुट्सले नेपाल आर्मीको त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराएको थियो ।