काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राति सेतो मच्छेन्द्रनाथको दर्शन गर्नु भएको छ । हरेक चैत्र शुक्ल अष्टमी देखि तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुने गर्दछ । त्यसपछि शहरको भित्री भागमा तीन दिनसम्म चल्ने गर्छ ।
सो अवसरमा राष्ट्राध्यक्षले पूजाआजा गर्ने र प्रसाद ग्रहण परम्परा रहि आएको छ । सोही परम्परा अनुसार राष्ट्रपति भण्डारीले मंगलबार मच्छेन्द्रनाथको दर्शन गर्नु भएको हो ।
बुधबार आजबाट उक्त रथ असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै यात्रा गराइन्छ । त्यसपछि तेस्रो दिन रथलाई मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिने चलन छ । कोरोना भाइरस महामारीको जोखिम अझै कायम रहेकाले स्वास्थ्य सुरक्षा अपनाएर रथ यात्रा गरिने जनाइएको छ ।
सेतो मच्छेन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमा मान्ने गरिएको छ ।