Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्लोएडको हत्यामा प्रहरी अधिकारी दोषी, ७५ वर्षसम्म जेल हुनसक्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 3K
    SHARES

एजेन्सी । अमेरिकाको एक अदालतले अघिल्लो वर्ष मारिएका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा प्रहरी अधिकारी देरेक साउभिनलाई दोषि ठहर गरेको छ ।

लामो बहसपछि न्यायाधशहरुले प्रहरी अधिकारी साउभिनमाथि लगाएका सबै तीन अभियोगमा उनलाई दोषी ठहर गरेको हो ।

उनीमाथि सेकेण्ड डिग्री मर्डर, थर्ड डिग्रि मर्डर र गैरन्यायिक हत्याको आरोप लगाइएको थियो ।

दोषी करार गरिएका प्रहरी अधिकारी साउभिनलाई ७५ वर्षसम्मको कैद सजाय हुन सक्नेछ । उनीमाथि सजाय सुनाउन भने बाँकी छ ।

यो सुनवाइलाई अमेरिकी इतिहासमै सर्वाधिक महत्वका साथ हेरिएको थियो । अफ्रिकी मुलका नागरिक फ्लोएडको गत वर्ष मे २५ तारिखमा अमेरिकाको मिनियापोलीस शहरमा हत्या गरिएको थियो ।

फ्लोएडले २० डलरको नक्कली नोट दिएको अभियोग एक जना पसलेले लगाएपछि प्रहरी अधिकारी साउभिनले उनलाई पक्राउ गर्ने बहानामा घोप्टो पारी ९ मिनेट ३९ सेकेण्डसम्म घाँटीमा घुँडाले थिचेर अठ्याउँदा उनको मृत्यु भएको थियो ।

यस घटनापछि अमेरिकाभर जातीय विभेदविरुद्ध व्यापक प्रदर्शन भएको थियो । पछिल्लो फैसलाको अमेरिकाभर स्वागत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४