Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपाका नेताहरुलाई केही दिनभित्रै माग पूरा गर्ने ओलीको बचन, ठाकुर पक्ष सरकारमा जान सकारात्मक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताबीच भेटवार्ता भएको छ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायत नेताहरूले भेटघाटसँगै सत्ता समीकरणका विषयमा झन्डै ३ घन्टा छलफल गरेका छन् ।

बिहान ११ बजेदेखि सुरु भएको बैठकले सकारात्मक दिशा पहिल्याएको नेता लक्ष्मणलाल कर्णले सञ्चारकर्मीलाई बताएका छन् । उनका अनुसार अब बैठकमा मधेश र थरुहट आन्दोलनका क्रममा जसपा नेतामाथि लागेको मुद्दा फिर्ता लिनेबारे छलफल भएको हो । प्रधानमन्त्री ओलीले २/४ दिनभित्रै सबै काम हुन्छ भनेर बचन दिएको पनि उनले बताएका छन् ।

यस विषयमा सरकार र जसपाबीच वार्ता समितिसमेत गठन भइसकेको छ । नेता कर्णले भनेअनुसार २/४ दिनभित्रै माग पूरा भए ओली सरकारलाई समर्थन गरेर जान सकिने अवस्था बनिसकेको छ ।

तर, तत्काल ओली सरकारलाई साथ दिने जाने भन्ने विषयमा कुनै निर्णय नगरिएको केवल मुद्धा सम्बोधन पूर्ण रुपमा भए जान सकिने उनको भनाइ छ ।

लुम्बिनी प्रकरणले निम्त्याएको समस्या
लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये ५ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेसँगै नयाँ तरंग उत्पन्न भएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरु पोखरेल नेतृत्वको सरकारमा सहभागी भएर मन्त्रालयलको जिम्मेवारीमसते लिइसकेका छन् ।

त्यसो त, लुम्बिनी प्रदेश प्रकरणको भोलिपल्ट प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्ने सेटिङअनुसार नै कायम भएको स्पष्ट हुन्छ ।

जसपाभित्र उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठलगायतका नेताहरू ओलीलाई जसरी भए पनि बिदाइ गर्नुपर्ने अडान छन् । उता, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरू भने प्रधानमन्त्री ओलीले मुद्धा फिर्ता गर्ने वचन दिएको र ओलीसँगै मिलेर सरकार गठन गर्ने पक्षमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४