Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नारायणगढ–मुग्लिनको जलबीरे पुल निर्माण सम्पन्न, सवारी गुडने अनुमति दिने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 2.3K
    SHARES

चितवन, । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माण भएको जलबीरे पुल सञ्चालनको तयारीमा रहेको छ ।

पुल निर्माणको काम सकिएसँगै सवारी गुड्ने अनुमति दिन लागिएको हो । घुमाउरोसँगै साँघुरो सडक भएकाले दुर्घटनाको जोखिम धेरै रहेको उक्त ठाउँमा पक्की पुल निर्माणसँगै २६५ मिटर दूरी छोटिएको छ ।

पुलको ९९ दशमलव ९ प्रतिशत काम सकिएकाले सवारी गुड्ने अनुमति दिने तयारीमा रहेको सडक आयोजनाकी सूचना अधिकारी एवं इन्जिनियर सविना रानाभाटले जानकार दिनुभयो ।

मन्दिर छेउछाउमा केही क्याभिन पूरा गर्ने काम बाँकी रहेको उहाँको भनाइ छ । ८० मिटर लामो पुल निर्माणका लागि रौताहा कन्सट्रक्सनलाई २०७४ असोज २३ मा १३ करोड ९४ लाख रुपैयाँमा ठेक्का दिइएको थियो ।

जलबीरे पुल सँगै यो सडकखण्डमा अन्य १५ वटा पक्की पुलहरु निर्माण भइरहेका छन् । सडक विस्तार भए पनि पूराना पुलहरू नहटाउँदा जाम पर्ने र दुर्घटना समेत बढेपछि सरकारले नारायगढ–मुग्लिन सडकमा १५ वटा पक्की पुल निर्माणको कार्यलाई अघि बढाएको थियो । बाँकी निर्माण भइरहेको पुल अनुप कन्सक्ट्रक्सनले बनाइरहेको रानाभाटले जानकारी दिनुभयो ।

पुल निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको मिति यही वैशाख ९ गते सकिदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४