Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना विरुद्धको दोस्रो चरणको खोप आजदेखि लगाइँदै (स्थान र तालिकासहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । नेपालमा मंगलबार देखि कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाइँदैछ । आज पहिलो चरणको खोप लगाएकालाई दोस्रो डोज लगाइने छ ।

दोस्रो डोजको खोप लगाउने अभियान बैशाख ११ गतेसम्म चल्नेछ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारहरुले दोस्रो डोजको खोप लगाउने छन् ।

पहिलो चरणमा चार लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट खोप लिन सकिनेछ । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि ७ लाख डोज खोप मौज्दात रहेको खोप विभागका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो । सरकारले दोस्रो डोजको खोप लगाउन पहिले लगाएको मिति अनुसार पालो तोकेको छ ।

जसअनुसार माघ १४, १५, १६, १७ , २६ , २७, २८ र २९ गते पहिलो डोजको खोप लगाएकाहरूले आज दोस्रो डोज लगाउन पाउनेछन् । यसैगरि माघ १८, १९, २०, २१ , २२ र फागुन २ गते खोप लगाएकाहरूलाई भोलि, माघ २३ र फागुन ३, ४ र ५ गते खोप लगाएकाहरूलाई पर्सि वैशाख ९ गते, माघ २४ र फागुन ६, ८, ९ गते खोप लगाएकाहरूलाई वैशाख १० गते तथा माघ ३०, फागुन ७ र १० गते खोप लगाएकाहरूलाई वैशाख ११ गते दोस्रो डोजको खोप दिइनेछ ।

यस्तो छ । खोप लगाइने स्थान र तालिका :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४