यसअघि अप्रिल २१ मा ट्रम्पमाथिको प्रतिबन्धका विषयमा निर्णय सुनाउने बताइएको भएपनि सो मिति टर्ने पक्का भएको हो । आगामी केही हप्तामै यस विषयमा अन्तिम निर्णय सुनाइने बोर्डले ट्वीटरमा सार्वजनिक गरेको आफ्नो विज्ञप्तीमा जनाएको छ ।
ट्रम्पमाथि फेसबुक र इन्स्टाग्रामले लगाएको अनिश्चितकालीन प्रतिबन्धका विषयमा निगरानी बोर्डले गर्ने फैसलालाई उक्त बोर्ड गठन पछिकै सबैभन्दा ठूलो र दूरगामी महत्वको फैसला मानिएको छ ।
प्रयोगकर्ताका बारेमा फेसबुकले गरेका विभिन्न निर्णयहरुमध्ये सबैभन्दा कठीन वा विवादास्पद निर्णयमाथि पुनरावलोकन गरी अन्तिम फैसला दिनका लागि फेसबुकले स्वायत्त तथा सर्वोच्च निगरानी बोर्ड गठन गरेको थियो ।
२० सदस्यीय उक्त बोर्डमा विश्वका विभिन्न देशका राजनीतिज्ञ देखि पत्रकार, मानव अधिकारवादी, वकिल र प्राध्यापक लगायतका छन् । जसमा डेनमार्कका पूर्व प्रधानमन्त्री हेल्ले थोर्निंग स्कमिडिट सहित ४ जना सह अध्यक्ष छन् ।
अहिलेसम्म उक्त बोर्डले विभिन्न ९ वटा मुद्दामा फैसला सुनाइसकेको छ । बीबीसीको सहयोगमा