Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एप्पलको आइफोन १४ मा ४८ मेगापिक्सेलको क्यामरा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 2.9K
    SHARES

काठमाडौँ । उसो त एप्पलका आइफोनलाई उत्कृष्ट क्यामराका लागि पनि लोकप्रिय छन् । प्रयोगकर्ताको यहीँ रोजाईलाई अझै व्यापक बनाउनका लागि एप्पलले आफ्नो नयाँ आइफोनमा अहिलेसम्मकै उत्कृष्ट तथा शानदार क्यामरा क्वालिटी उपलब्ध गराउने भएको छ ।

एप्पलले सन् २०२२ मा बजारमा ल्याउने भनिएको आइफोन १४ सिरिजमा उपलब्ध हुने क्यामराका विषयमा विभिन्न जानकारीहरु सार्वजनिक भएका छन् ।

एप्पलल इनसाइडरको रिपोर्ट अनुसार अर्को वर्ष बजारमा आउने आइफोनको नयाँ सिरिज मा ४८ मेगापिक्सेलको क्यामरा सेन्सर हुने बताइएको छ ।

४८ मेगापिक्सेलको क्यामराका कारण ८के जस्ता हाइ क्वालिटी भिडियो समेत रेकर्ड गर्न सकिनेछ ।

हालसम्म् सामसुंगको ग्यालेक्सी एस२१ सिरिजका अलावा शाओमी ःक्ष्ज्ञज्ञ ग्तिचब तथा वनप्लस नाइन सिरिजका स्मार्टफोनमा डप् भिडियो रेकर्डिंग सपोर्ट उपलब्ध छ ।

क्यामराको क्षमताका हिसाबले एन्ड्रोइड स्मार्टफोनहरु निकै अगाडि पुगिसक्दा एप्पल पछि परेको आभाष भैरहेको थियो । हाल विभिन्न एन्ड्रोइड स्मार्टफोनहरुमा १०८ मेगापिक्सेल सम्मका क्यामरा उपलब्ध छन् । जबकि एप्पलको सबैभन्दा गुणस्तरीय क्यामरा सेन्सर १२ मेगापिक्सेलको हो, जुन आइफोन १२ प्रो म्याक्समा उपलब्ध छ ।

आइफोन मिनी बन्द हुने

एप्पल विश्लेषक मिङ चि कुयोले सन् २०२२ मा एप्पलले आफ्नो आइफोन मिनी सिरिज बन्द गर्ने तयारी गरिरहेको बताएका छन् । अर्थात् अब एप्पल कम्प्याक्ट स्मार्टफोनको उत्पादन बन्द गरी ठूलो स्क्रिनयुक्त स्मार्टफोनमा केन्द्रित हुनेछ ।

अर्थात् आइफोन १४ सिरिजमा एप्पलले ६.१ र ६.७ इन्च डिस्प्ले भएका मोडेल मात्र ल्याउनेछ । आइफोन मिनी सिरिज अपेक्षा अनुरुप बिक्रि नभएपछि एप्पलले हाल यसको उत्पादनमा समेत कटौती गरिसकेको छ ।

विश्लेषकहरुका अनुसार सन् २०२३ देखि एप्पलले आफ्ना आइफोनमा नोच हटाउनेगरी डिस्प्लेको मुनि फेस आइडी सेन्सर राख्नेछ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४