Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ मा फेरि अविश्वास प्रस्ताव ल्याउने गृहकार्य


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 7.1K
    SHARES

 विराटनगर । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य शुरु गरेका छन् ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि कांग्रेस र माओवादी केन्द्रका नेताहरु हौसिएका हुन् । यद्यपि प्रदेश १ मा आफ्नै पार्टीको प्रष्ट बहुमत भएको सरकार ढाल्ने उनीहरुले फ्लोर क्रस गर्छन् गर्दैन यकिन छैन ।

प्रदेशसभाको अधिवेशन भने आइतबार अन्त्य भएको छ । अब केही समयपछि बजेट अधिवेशन बोलाउनुपर्छ ।

‘मुख्यमन्त्रीले सांसद छले, सत्तापक्ष संसद्सँग डराएर भाग्नुभयो,’ नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की भन्छन्, ‘बजेट ल्याउने सदन यहीं होला, भागेर कसरी ल्याउने ?’

नयाँ सरकार बन्ने अग्रसर हुनसक्ने संकेत गर्दै उनले जनताले कांग्रेसलाई जनताले पाँच वर्ष प्रतिपक्षमा बस्ने मत दिएको भएपनि आवश्यक परे अघि बढ्न तयार रहेको बताए ।

माओवादी केन्द्रले पनि त्यही आशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । ‘सरकारले संसदको मर्यादा कायम राख्न सकेन, अविश्वासको प्रस्ताव आउनसक्छ,’ नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘अहिलेलाई सरकारलाई दिएको समर्थन यथावत् नै छ ।’

यसअघि साविकको नेकपा दुई समूहमा विभाजित हुँदा पनि प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि २३ चैतमा अविश्वासको प्रस्ताव फिर्ता भयो ।

९२ सदस्य रहेको प्रदेश १ प्रदेशसभामा एमालेका ५१ प्रदेशसभा सदस्य छन्, जुन प्रष्ट बहुमत हो । तर उनीहरुमध्ये १९ जना माधव नेपाल समूहका छन् ।

अविश्वासको प्रस्ताव दर्ता भए माधव नेपाल समूहका ७–८ मत फ्लोर क्रस गर्ने कांग्रेस र माओवादीको दाबी छ । त्यो सम्भावना रहेको भन्दै नेपाल समूहका एक सांसदले भने, ‘कर्णालीमा जस्तै सहयोग यहाँ पनि रहन्छ ।’

नेपाली कांग्रेसको २१ र माओवादी केन्द्रका १५ र जसपासँग ३ र अन्य राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १–१ जना सदस्य छन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा माओवादी केन्द्रले एकजनालाई पदबाट हटाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४