काठमाडौं । मुलुकमा थप एक हजार २८१ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५४८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ हजार २८१ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १ जनामा आरटी–पीसीआर परीक्षण गर्दा १ हजार २२७जना र ५४७ जनामा एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ सय ५५ संक्रमित निको भए, ८ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५४८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २३ लाख ५२ हजार ५०२ जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।