Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्मीलाई स्तब्ध पार्दै अफ्रिकन रुट्स सेमिफाईनलमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 4.4K
    SHARES

सिमरा । अफ्रिकन रुट्स एसोसियन विश्वकर्मा ११औँ जीतपुरसिमरा गोल्डकपमा सेमिफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा आईतबार साँझ भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-१ ले स्तब्ध पार्दै पाहुना टोली अफ्रिकन रुट्सले अन्तिम चारको यात्रा तय गरेको हो ।अफ्रिकन रुट्सको जितमा नजिमिले दुई गोल गरे । आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल फर्काए । खेलमा आर्मीविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा अफ्रिकन रुट्सले जीतका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुप¥यो ।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले । वीरगन्ज युनाईटेड क्लबलाई ४-१ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको आर्मीले अफ्रिकन रुट्सविरुद्ध आकर्षक खेल प्रदर्शन गर्न सकेन् ।सुरुवातदेखी नै दवावमा देखिएको आर्मीले अफ्रिकन रुट्सविरुद्ध गोलको खासै अवसर सिर्जना गर्न सकेन् ।भर्खरै सम्पन्न आहा रारा गोल्डकपको फाईलनसम्को यात्रा तय गर्दै उपबिजेता बनेको अफ्रिकन रुट्सले खेल पहिलो हाफमा थुप्रै अवसर बनाएपनि गोलका लागि भने दोस्रो हाफसम्म प्रतिक्षा गर्नुप¥यो ।

खेलको ६१औं मिनेटमा नजिमिले डिबक्स पाएको बललाई जाली चुमाए । आर्मीको रक्षापंक्तीलाई बिट गर्दै नजिमिले गोल गरेपछि आर्मीको समर्थनका लागि रंगशाला पुगेका घरेलु दर्शक समेत निराश बन्न पुगे ।अफ्रिकन रुट्सको गोलपछि दवावमा परेको आर्मीले दोस्रो हाफमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन् ।आर्मीको फिनिसिङ पक्ष कमजोर बन्दा अफ्रिकन रुट्स खेलमा बलियो देखियो । हार नजिक पुगेको आर्मीले खेलको ८९औं मिनेटमा पेनाल्टी प्राप्त ग¥यो ।

अफ्रिकन रुट्सका ए फेब्रिकले डिबक्स भित्र हातले बल रोकेपछि आर्मीले पेनाल्टीको अवसर पारेको आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल गरे ।उनले सहजै पेनाल्टीमार्फत गोल गर्दै खेल १-१ को स्थितीमा पुर्‍याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।अतिरिक्त ३० मिनेटको समयमा अफ्रिकन रुट्सले सुरुवातमै आर्मीविरुद्ध अग्रता लियो । अतिरिक्त समयको पाचौ मिनेटमा नजिमिले दोस्रो गोल गरे ।

स्मेलको कर्नर बललाई हेड गर्दै नजिमिले गोल गर्दा आर्मी निराश बन्न पुग्यो । अतिरिक्त समयमा अन्तिम समयमा आक्रामक देखिएपनि गोल फर्काउन नसक्दा साविक उपबिजेता आर्मी हार आत्मसाथ गर्दै घर फर्कन बाध्य भयो ।अफ्रिकन रुट्सको जित दुई गोल गरेका नजिमि खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाच हजार हात पारे ।प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरीको एपिएफ क्लब र बाग्मती ११ सर्लाहीबीच खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४