Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा फेरि एड्भेन्चर डर्ट बाइक एनएचटी २०० भित्रिदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । नेपाली बजारमा एसवाईएम ब्रान्ड फेरि भित्रिने भएको छ । केजी इन्टरनेसनलले एसवाईएमको डर्ट बाइक एनएचटी २०० भित्र्याउने भएको छ । सो बाइक नेपाली बजारमा एक महिना भित्रै उपलब्ध गराइसक्ने कम्पनीको भनाइ छ ।

यो बाइकमा युरो फोर, १८३ सीसी फोर स्ट्रोक लिक्विडकुल्ड इन्जिन छ, जसले ८५०० आरपीएममा १३.५ किलोवाट पावर र ७५०० आरपीएममा १५.७ एनएम टर्क जेनेरेट गर्छ । इलेक्ट्रिक फ्युल इन्जेक्सन सिस्टम रहेको सो बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा युनिट स्विङ आर्म रहेको छ ।

६–स्पिड गियरबक्समा उपलब्ध सो बाइकको अधिकतम स्पिड १२५ किमी प्रतिघण्टा रहेको छ । सिटको उचाई ८१० एमएम रहेको सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी छ । सुविधायुक्त सिट, एलसीडी डिस्प्ले, फ्रन्ट तथा रियर डिस्क ब्रेक, रोबस्ट च्यासिस तथा फुल एलईडी लाइट रहेको सो बाइकको मूल्य र अन्य जानकारी भने पछि नै थाहा हुनेछ ।

अर्वान एक्सप्लोरका लागि डिजाइन गरिएको यो बाइक क्रसओभर एड्भेन्चर कलेक्सन हो । अगाडिको भिजिबिलिटी क्लियर देखिनका लागि यसमा भएको केही अपराइट राइडिङ पोस्चरले सहयोग गर्छ । त्यसैगरी बाइकमा भएको पेरिमिटर फ्रेम, सेन्टर सस्पेन्सन र सीबीएस सहितको फ्रन्ट तथा रियर डिस्क ब्रेकले आउटस्ट्यान्डिङ ह्यान्डलिङमा सहयोग गर्छ । नेपाल अट्टाे

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४