Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीन र अमेरिका जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा सहकार्य गर्न प्रतिबद्ध


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 2.2K
    SHARES

एजेन्सी । चीन र अमेरिकाले जलवायु परिवर्तको मुद्दामा सहकार्यका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

साथै यसबारे अन्य मुलुकसँग सँगसँगै काम गर्न इच्छुक रहेको पनि उनीहरुको भनाइ छ ।

गत हप्ता चीनको सांघाइमा दुबै मुलुकका विषेश दूत सी झेनहुवा र जोन केरीबीच भएको विभिन्न चरणको वार्तापछि जलबायु परिवर्तनको प्रभाव न्यूनीकरणका विषयमा सहकार्य गर्न चीन र अमेरिका प्रतिबद्ध रहेको धारणा सार्वजनिक गरेका हुन ।

चीन र अमेरिकाले आज जारी गरेको संयुक्त वक्तव्यमा दुबै देश कार्बन उत्सर्जनमा थप कमी ल्याउन विशेष काम गर्न सहमत भएको उल्लेख गरिएको छ ।

यो मुद्दा गम्भीर र तत्काल सम्बोधन गर्नु पर्ने विषय भएकाले दुवै देशबिच वार्ता जारी राख्ने र पेरिस जलवायु सम्झौता अनुरुप तय भएको सीमामा तापक्रम वृद्धि सीमित गर्नका लागि आवश्यक पहल गर्ने सहमति भएको वक्तव्यमा जनाइएको छ ।

त्यसैगरी विकासशील देशहरुलाई सक्दो कम कार्बनयुक्त उर्जा उत्पादनका लागि आर्थिक सहयोग गर्ने सम्बन्धमा पनि अमेरिका र चीन सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो बिहीबार र शुक्रबार ४० देशका नेताहरुसँग भर्चुअल रुपमा जलवायु सम्मेलन गर्दै हुनुहुन्छ ।

चीनले सम्मेलनका लागि आफु उत्साहित रहेको बताएको छ ।

तर सो सम्मेलनमा चिनियाँ राष्ट्रपति सहभागी हुने–नहुने अझै स्पष्ट भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४