Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ मा गरियो प्रदेशसभा अधिवेशन अन्त्य


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 2.4K
    SHARES

विराटनगर, । प्रदेश १ को प्रदेश सभा अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रिपरिषदको सिफारिसमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको सातौं अधिवेशन अन्त्य गर्नुभएको हो ।

माघ ७ गतेदेखि बसेको प्रदेश सभाको हिउँदे अधिवेशन सरकारले अन्त्य गरिदिएको हो ।

यस अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरिए पनि छलफल गराइएन भने धेरै बैठक त सूचना टाँसेरै स्थगित गरिएको थियो ।

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउनुअघि राईविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव बदलिँदो परिस्थितिमा फिर्ता लिइएको थियो ।

तर कर्णालीमा एमाले सांसदहरुले फ्लोर क्रस गरेर पार्टी ह्वीप उल्लंघन गरेपछि अरु प्रदेशमा पनि एमालेका मुख्यमन्त्रीहरुको पद फेरि धरापतर्फ उन्मुख देखिन्छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश गरिएपछि संसद बैठक अन्त्य गरिएको छ भने प्रदेश १ मा पनि मुख्यमन्त्रीवरुद्ध खतरा आउनुअघि नै बैठक अन्इ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४