Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पद गुमेसँगै बादल पुनः गृहमन्त्री बन्दै, आजै साँझ ५ बजे सपथ ग्रहण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 3.7K
    SHARES

काठमाडौं । राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमाएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण लिन लाग्नुभएको छ ।

गृहमन्त्री बादललेआज (आइतबार) साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्न लाग्नु भएको छ ।

नेकपा बदर गर्ने सर्वाेच्च अदालतको फैसलापछि एमालेमा लागेपछि उहाँको पद रिक्त गराउन माओवादी केन्द्रले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आइतबार विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको हाे ।

गृहमन्त्री बादल नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएको हो । यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमालेमा प्रवेश गरेपछि उनीहरूकाे पद पनि खाेसेकाे थियाे । मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद खोसेको थियाे ।

संविधानको नियमअनुसार सांसद पद गुमे पनि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाउनुभएको छ ।  त्यहीँ नियमबमोजिम बादललाई पनि प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र आजै साँझ शपथ ग्रहणको कार्यक्रम तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

संविधानअनुसार रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४