Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ४ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालयहरु आगामी बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णयसँगै सरकारलाई सिफारिस गरेको जनाइएको छ । अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको जनाइएको छ ।

केही दिनअघि मन्त्रालयले विद्यालय बन्द गर्न सुझाव दिइसकेको छ भने काठमाडौं महानगरपालिकाले पनि कोरोना संक्रमण देखिएका विद्यालयहरु एक हप्ताका लागि बन्द गर्न निर्देशन दिइसकेको छ ।

साथै, पछिल्लो समय उपत्यका तथा सहरी क्षेत्रमा रहेका बालबालिकामा कोरोना संक्रमण देखिन थालेको मन्त्रालयले जनाएको छ । साथै, विद्यालय बन्द गरेर कोरोना संक्रमण रोकथाम गर्ने विषयमा शनिबारको बैठकले आगामी बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले यसअघि नै १४ जिल्लाका विद्यालयमा नजान आग्रह गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४